रवि थुनामा परेपछि पहिलो पटक बस्दैछ रास्वपाको सचिवालय

हिमाल प्रेस २७ चैत २०८१ ६:५५
28
SHARES
रवि थुनामा परेपछि पहिलो पटक बस्दैछ रास्वपाको सचिवालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ४ बजे बस्नेछ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने उनले बताए। सभापति रवि लामिछाने थुनामा परेपछि पहिलो पटक सचिवालय बैठक बस्दैछ।

प्रकाशित: २७ चैत २०८१ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast