
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। बुधबार दिउँसो बस्ने गरी रास्वपाले सचिवालय बैठक बोलाएको हो।
पार्टी सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा कारागारमा राख्न आदेश दिएपछि रास्वपाले सचिवालय बैठक बोलाएको हो।
उच्च अदालतको आदेशपछि लामिछाने अहिले बुटवल कारागारमा छन्।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार दिउँसो बस्ने गरी सचिवालय बैठक बोलाइएको जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताए।
झाले बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यका सम्बन्धमा समेत छलफल हुने जानकारी दिए।