शिक्षा विधेयकको २७ वटा दफामा सकियो छलफल, ३५ दिनभित्र काम सक्ने उपसमितिको तयारी

हिमाल प्रेस २६ चैत २०८१ १९:१४
8.0k
SHARES
शिक्षा विधेयकको २७ वटा दफामा सकियो छलफल, ३५ दिनभित्र काम सक्ने उपसमितिको तयारी उससमिति बैठक। फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकको २७ वटा दफामा छलफल सकेको छ।

विद्यालय शिक्षा ऐन ल्याउन शिक्षकहरू आन्दोलनमा उत्रिएका बेला उपसमितिले विधेयकको दफामा दफावार छलफल अगाडि बढाएको हो।

उपसमितिका सदस्य रामप्रकाश चौधरीले हालसम्म २७ वटा दफामा छलफल सकिएको जानकारी दिए। घनिभूत रूपमा छलफल अगाडि बढेको बताउँदै उनले ३५ दिनभित्र उपसमितिले काम सकाउने उल्लेख गरे।

उपसमितिले भने सहमति जुटाएका विषय सार्वजनिक गरेको छैन। सहमति जुटेका विषयलाई प्रतिवेदनमा समावेश गरेर समितिमा बुझाउने तयारी उपसमितिले गरेको छ।

विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै देशभरका शिक्षकहरू आन्दोलनमा उत्रिएपछि उपसमितिले छलफललाई तीब्रता दिएको छ। विद्यालय शिक्षा विधेयक २०८० भदौ २७ मा संसदमा दर्ता भएको थियो।

१६३ दफा रहेको विधेयकमा १ हजार ७५८ वटा संशोधन परेको छ।

प्रकाशित: २६ चैत २०८१ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast