
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र आन्तरिक समिक्षाको जरुरी रहेको बताएका छन्।
नेपाली कांग्रेस चितवनले मंगलबार चितवनमा आयोजना गरेको ३५ औं जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले कांग्रेसभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताए।
उनले सरकारले गरेका काम कारवाहीका कारण जनता आक्रोसित भएको समेत बताए। अहिले दिनहुँ जनता सडकमा आउनु पर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकार भएको अनुभूति हुने उनको भनाई थियो।
जनताको आक्रोशलाई सामान्य लिन नहुने उनले बताए। कोइरालाले वर्तमान सरकार गठनका समयमा दुईदलबीच भएको सहमति कार्यान्वयन हुन नसकेको जिकिर गरे।
कार्यक्रममा अन्य कांग्रेस नेताहरुले जनतालाई बलियो वनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिएका थिए।