तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक पर्यटकको मृत्यु

हिमाल प्रेस २६ चैत २०८१ १७:०६
22
SHARES
तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक पर्यटकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

मनाङ- तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ। जिल्लाको ङिस्याङ गाउँपालिका-९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो।

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए। दिवंगत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी पनि उनले दिए।

शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

प्रकाशित: २६ चैत २०८१ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast