राप्रपा सभास्थल बिथोल्न प्रयास गर्ने दुई जना प्रहरी नियन्त्रणमा

हिमाल प्रेस २६ चैत २०८१ १५:३७
84
SHARES
राप्रपा सभास्थल बिथोल्न प्रयास गर्ने दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभास्थलबाट दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि सभाको वातावरण बिथोल्ने प्रयास गर्दै घुसपैठ गरेको आरोप लागेको छ।

बल्खुमा जारी आमसभाबाट पक्राउ परेका व्यक्तिहरूको पहिचान खुल्न नसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला र अव्यवस्था गर्न खोजेपछि केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताए।

सभालाई व्यवस्थित र मर्यादित राख्न ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। राप्रपाले पनि सभामा सजगता राख्न स्वयंसेवकहरूको परिचालन गरेको छ। सभास्थलका वरपर रहेका पार्टी कार्यालय, सरकारी कार्यालय र व्यापारिक कम्प्लेक्समा पनि सुरक्षा सतर्कता बढाइएको छ।

सभामा बाेल्ने नेताहरूले  संवैधानिक राजतन्त्र र हिन्दुराज्य पुनर्स्थापनाको माग गरेका छन्।

प्रकाशित: २६ चैत २०८१ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast