वामपन्थी एकता असम्भव छैन : प्रचण्ड

हिमाल प्रेस २६ चैत २०८१ १५:१९
40
SHARES
वामपन्थी एकता असम्भव छैन : प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढंगले एकताबद्ध गर्न प्रगतिशील लेखकहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताएका छन्।

प्रगतिशील लेखक संघको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिँदै उनले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए।

अध्यक्ष प्रचण्डले त्यतिबेलाको पार्टी एकता जोगाउन नसके पनि एकताको झण्डा छोड्न हुँदैन भन्नेमा माओवादी प्रष्ट रहेको बताए। ‘माओवादीको केन्द्रीय समितिले वामपन्थी एकताको प्रयास छाड्न हुँदैन भन्ने नीति नै पारित गरेको छ। हिजो विभाजन भएकाले अब एकता असम्भव भनेर सोच्नु माक्र्सवादी चिन्तन हुँदैन,’ उनले भने।

कम्युनिष्ट आन्दोलनमा स्थापनाकालदेखि विचारमा बहस, विवाद र संघर्ष हुँदै आएको उल्लेख गर्दै संघर्षका बीचमा नै कम्युनिष्ट आन्दोलनको विकास हुने बताए।

सोमबार सम्पन्न सम्मेलनले देवीदुवाल क्षेत्रीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको हो।

प्रकाशित: २६ चैत २०८१ १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast