काठमाडौँमा एकहप्ता पुग्यो शिक्षक आन्दोलन, दिउँसै बत्ती बालेर खोजे सरकार

हिमाल प्रेस २६ चैत २०८१ १५:०६
560
SHARES
काठमाडौँमा एकहप्ता पुग्यो शिक्षक आन्दोलन, दिउँसै बत्ती बालेर खोजे सरकार

काठमाडौँ- नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा जारी शिक्षक आन्दोलन आज एकहप्ता पूरा भएको छ। उक्त आन्दोलन गत माघ २० गतेदेखि शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय मागसहित सुरु भएको हो। उनीहरूले गत बुधबारदेखि काठमाडौँमा सडक आन्दोलन सुरु गरेका थिए।

शिक्षक महासंघका अनुसार मुलुकभरका शिक्षक कर्मचारीहरूले विभिन्न तरिकामा सरकारसँग आफ्नो माग पूरा गर्न दबाब दिएका छन्। आन्दोलनका क्रममा शिक्षकहरूले शैक्षिक गतिविधिहरू ठप्प पारेका छन्।

आजको प्रदर्शनमा शिक्षक कर्मचारीहरूले दिउँसै मोबाइलका टर्च बालेर सरकार खाेजेका छन्। बानेश्वर–बबरमहल सडकखण्डमा भएको प्रदर्शनमा सहभागी शिक्षकहरूले ‘शिक्षा ऐन तुरुन्त जारी गर’ भन्दै नारा लगाएका थिए।

महासंघले यस आन्दोलनलाई ‘अन्तिम र निर्णायक आन्दोलन’ का रूपमा प्रस्तुत गरेको छ। आन्दोलनको कारण एसईईको उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ। अघिल्लो चरणमा शिक्षक कर्मचारीहरूले कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन प्रदर्शन गर्दै सरकारसँग आफ्नो माग पूरा गर्नका लागि संघर्ष गरेका थिए।

शिक्षक महासंघले अविलम्ब शिक्षा ऐन जारी गर्ने माग राख्दै आन्दोलनलाई तीव्र बनाउने चेतावनी दिएको छ।

प्रकाशित: २६ चैत २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast