राजसंस्था पुर्नस्थापनाका लागि प्रतिवद्धता सभा गरिँदै, सबै राजावादी नेता-शक्तिलाई निम्तो

हिमाल प्रेस २६ चैत २०८१ १३:२८
48
SHARES
राजसंस्था पुर्नस्थापनाका लागि प्रतिवद्धता सभा गरिँदै, सबै राजावादी नेता-शक्तिलाई निम्तो

काठमाडौँ- देशभरका सम्पूर्ण राजावादी शक्तिलाई निम्तो दिँदै राजसंस्था पुर्नस्थापना समितिले प्रतिवद्धता सभा गर्ने भएको छ। जगमान गुरुङ नेतृत्वको समितिले चैत २७ मा धुम्बाराहीस्थित प्रगतिटोलमा कार्यक्रम गर्दैछ।

समितिका एक सदस्यका अनुसार कार्यक्रममा राप्रपा नेता डा प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रवादी शक्तिका अध्यक्ष केशरबहादुर विष्टसहित सबैलाई निमन्त्रणा दिइएको छ।

‘यो कार्यक्रममा लोहनी, विष्ट, थापा सबै आउने निश्चित भएको छ। लिङ्देनजीले के गर्ने भन्नुभा छैन।’ समितिका एक सदस्यले भने। डा.जगमान गुरुङज्यूको संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन’ मा प्रतिबद्धताका लागि संयुक्त सभा गर्न लागिएको हो।

यसअघि पनि संयुक्तरूपमा गर्ने भनिए पनि सबै नेता एक ठाउँ उभिएका थिएनन्। तर अब भने राजावादी शक्तिलाई एक ठाउँ उभ्याउने प्रयासस्वरूप प्रतिबद्धता सभा गर्न लागिएको हो। राजसंस्था पुर्नस्थापनाका लागि पटकपटक दल र समिति आन्दोलित बनिरहेका छन्। आज पनि राप्रपाले बल्खुमा आमसभा गरिरहेका छन्।

प्रकाशित: २६ चैत २०८१ १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast