संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता : विमलेन्द्र निधि

हिमाल प्रेस २६ चैत २०८१ १२:४६
12
SHARES
संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता :  विमलेन्द्र निधि कांग्रेस नेता विमलेन्द्र निधि

धनुषा- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

आज जनकपुरधामस्थित आफ्नो निवासमा आयोजित एक बैठकमा निधिले आगामी कार्ययोजना र क्षेत्रीय संगठन मजबुत बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिए। उनले बैठकमा नेपाली कांग्रेसको भविष्यमा सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन महत्वपूर्ण रहेको समेत बताए।

‘नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ,’ नेता निधिले भने। बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र संगठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेको बताए।

उनले पार्टीको वर्तमान स्थिति र आगामी चुनावका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरे। ‘मधेसमा पार्टीको उपस्थिति बलियो बनाउनु हाम्रो प्राथमिकता हो, यसका लागि हाम्रा नेता र कार्यकर्ताले यथासम्भव जनताको समस्यासँग जुध्न आवश्यक छ,’ उनले भने।

प्रदेशसभा सदस्य रामसरोज यादवले मधेस प्रदेशका विभिन्न विकास योजनाको प्रगति र सम्भावनाका बारेमा आफ्ना विचार व्यक्त गरे। मधेसको विकासमा कांग्रेसको भूमिका र योगदानको महत्वलाई रेखांकित गर्दै आगामी समयका चुनौतीलाई स्वीकार्दै पार्टीलाई सशक्त बनाउन सबैलाई एकताबद्ध भएर काम गर्न उनले आग्रह गरे।

प्रकाशित: २६ चैत २०८१ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast