शैक्षिक गतिविधि ठप्प भयो, शिक्षकका माग तत्काल पूरा गरेर कार्यक्षेत्र फर्काइयोस् : ऐरावती गाउँपालिका

हिमाल प्रेस २६ चैत २०८१ १२:२५
82
SHARES
शैक्षिक गतिविधि ठप्प भयो, शिक्षकका माग तत्काल पूरा गरेर कार्यक्षेत्र फर्काइयोस् : ऐरावती गाउँपालिका

काठमाडौँ- प्युठानको ऐरावती गाउँपालिकाले शिक्षक आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकारलाई आग्रह गरेको छ।

काठमाडौँमा शिक्षक आन्दोलन सातौं दिनमा जारी रहँदा गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले विगतमा नेपाल शिक्षक महासंघसँग भएका सम्झौताहरूलाई कार्यान्वयन गरी शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शिक्षा ऐन, २०८० को मस्यौदामा शिक्षकहरूका मागहरू समावेश नभएको, शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, सरुवा–बढुवा जस्ता विषयमा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र ती सहमति बारम्बार उल्लंघन भएको ठहर गरी नेपाल शिक्षक महासंघले २०८१ चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएकोले यसबाट ऐरावती गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन, शैक्षिक सत्र २०८२ को भर्ना अभियान लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएका छन्। तसर्थ शिक्षक आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्‍याउन ऐरावती गाउँपालिका नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।’

शिक्षकहरूको स्थायित्व, सेवा सुविधा र आत्मसम्मान कायम गर्न उपयुक्त नीति तथा वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उनले शिक्षकहरूका मागहरूको उचित सम्बोधनले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीहरूको पठनपाठनमा अपेक्षित सुधारको विश्वास गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast