राप्रपाको प्रदर्शन बल्खुमा, राजावादी सबै शक्तिको समर्थन

हिमाल प्रेस २६ चैत २०८१ ७:४२
26
SHARES
राप्रपाको प्रदर्शन बल्खुमा, राजावादी सबै शक्तिको समर्थन प्रदर्शन गर्ने बल्खु क्षेत्रमा पुगेर सुरक्षा निकायका व्यक्तिहरूसँग संवाद गर्दै राप्रपाका अध्यक्ष लिङ्देनसहितका नेता। तस्बिर : राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुर्नस्थापना र बन्दी रिहाइको मागसहित प्रदर्शन गर्दैछ। गत चैत १५ मा राजावादी शक्तिले गरेको प्रदर्शन हिंसात्मक भएपछि आज प्रशासनले राप्रपालाई बल्खुमा जनप्रदर्शनका लागि स्थान दिएको छ। प्रदर्शन शान्तिपूर्ण हुने राप्रपाको दाबी छ।

भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न भनेको थियो। राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता-कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ।

यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई प्रहरीले पक्राउ गरे राजावादी आन्दोलन निर्णायक बन्ने चेतावनी दिएका छन्। लिङ्देनले राज्य पक्षबाट हिंसा भड्काउने कार्य हुने सक्ने भएकाले सचेततापूर्वक हजारौं भोलेन्टियर्सलाई जनप्रदर्शनका लागि खटाइसकेको जानकारी दिए। राप्रपालाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुर्नस्थापना समितिको पनि समर्थन छ।

प्रकाशित: २६ चैत २०८१ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast