अन्जना राना अब एपीएफको गोलपोष्टमा, छाडिन् आर्मी टिम

हिमाल प्रेस २६ चैत २०८१ ७:११
46
SHARES
अन्जना राना अब एपीएफको गोलपोष्टमा, छाडिन् आर्मी टिम

काठमाडौँ- नेपाली राष्ट्रिय टिमकी गोलकिपर अन्जना राना मगर विभागीय क्लब त्रिभुवन आर्मी छोडेर अर्को विभागीय टिम एपीएफमा आबद्ध भएकी छिन्।

उनले ८ वर्षयता आर्मीमा आबद्ध भएर खेलिरहेकी थिइन्। ८ वर्षयता आर्मीको पोस्ट सम्हालेकी अन्जनाले अब भने एपीएफको पोस्टमा देखिने छिन्। अब एपीएफमा राष्ट्रिय टिमका पहिलो र दोस्रो रोजाइका दुवै गोलरक्षक टिममा हुने भएका छन्।

एपीएफमा राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि आबद्ध छिन्। पछिल्लो समय महिला लिगमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी सावित्री किसान पनि एपीएफकै गोलकिपर हुन्।

प्रकाशित: २६ चैत २०८१ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast