बुमराह फर्किएको खेलमा पनि मुम्बईको हार, आरसीबीको १२ रनको जित

हिमाल प्रेस २६ चैत २०८१ ६:५९
38
SHARES
बुमराह फर्किएको खेलमा पनि मुम्बईको हार, आरसीबीको १२ रनको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरुसँग मुम्बई इन्डियन्सले अर्को हार व्यहोरेको छ। बैंगलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले हरायो। जितको लागि २२२ रनको चुनौती पाएको मुम्बई २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रनमा समेटियो।

ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए। यी दुई खेलाडी आउट हुँदा मुम्बईले मात्र ३८ रन बनाएको थियो। त्यसपछि विल ज्याक्स २२ र सूर्यकुमार यादव २८ रनमा पबिलियन फर्किए। चौथो विकेटको नोक्सानीमा मुम्बईले ९९ रन मात्र जोड्यो।

पाँचौँ विकेटको लागि तिलक वर्मा र कप्तान हार्दिक पाण्ड्याले पाँचौँ विकेटको लागि ८९ रनको साझेदारी गरे। तिलकले २९ बलमा ४ चौका र ४ छक्का सहित ५६ रन जोडेर आउट भए। हार्दिक  ४२ रनमा आउट भए।

बलिङमा क्रुनाल पाण्ड्याले सर्वाधिक ४ तथा यश दयाल र जोश हेजलउडले समान २ विकेट लिए। त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले टस जित्दै फिल्डिङ रोज्यो। रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट खर्चेर २२१ रन बनायो। ओपनर फिल साल्ट ४ रनमा नै आउट भए।

विराट कोहली र देवदत्त पाडिक्कलले दोस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे।  कोहलीले २९ बलमा अर्धशतक बनाए। उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे। पाडिक्कल २२ बल खेल्दै ३७ रनमा आउट भए।

कोहलीले ६७ रनमा आउट भए। उनले ४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे। तेस्रो विकेट गुमाउँदा रोयल च्यालेन्जर्सले १४३ रन बनाएको थियो। लगत्तै लायम लिभिङ्स्टन रनको खाता नखोली आउट भए।

त्यसपछि कप्तान रजत पाटिदार र जितेश शर्माले पाँचौं विकेटको लागि ६९ रनको साझेदारी गरे। रजतले सानदार ब्याटिङ गरे। ४ चौका र ३ छक्का प्रहार गर्दै मात्र २५ बलमा अर्धशतक बनाए। ३२ बल खेल्दै ६४ रनको महत्वपूर्ण पारी खेल्दै ट्रेन्ट बाउल्टको बलमा आउट भए। जितेश अविजित ४० रनमा क्रिजमा रहे।

बलिङमा हार्दिक पाण्ड्याले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बाउल्टले पनि ४ ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए। मुम्बईका लागि जसप्रित बुमराहले आईपीएलकै पहिलो खेल खेलेका थिए। उनी विकेटविहीन बने। रोयल च्यालेन्जर्स चौथो खेलमा तेस्रो जितका साथ ६ अंक बनाएको छ‌।

प्रकाशित: २६ चैत २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast