
काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि वर्षा हुने अनुमान गरेका छन्।
बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण आगामी तीन/चारदिनसम्म नेपालको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आजदेखि आगामी शुक्रबारसम्म नै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशको मौसम बदली हुने छ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार राति ८ बजे जारी गरेको बुलेटिनमा पनि आगामी २४ घण्टासम्म देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। विभागका अनुसार काठमाडौँमा बढेको प्रदूषण नियन्त्रणमा पनि वर्षाले राहत पुग्ने छ।
प्रकाशित: २६ चैत २०८१ ६:३२
प्रतिक्रिया