बैंककबाट आएका भारतीय नागरिक लागुऔषध गाँजासहित पक्राउ

हिमाल प्रेस २५ चैत २०८१ १८:३६
18
SHARES
बैंककबाट आएका भारतीय नागरिक लागुऔषध गाँजासहित पक्राउ त्रिभुवन विमानस्थल

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौँ आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेपछि पक्राउ गरिएको हो।’

पक्राउ परेका सन्दीपलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast