आन्दोलनरत शिक्षकसँग तत्काल वार्ता गर्न जसपा नेपालको माग

हिमाल प्रेस २५ चैत २०८१ १६:२७
82
SHARES
आन्दोलनरत शिक्षकसँग तत्काल वार्ता गर्न जसपा नेपालको माग

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेको छ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै भने,‘केही दिनदेखि शिक्षकहरू आफ्ना मागहरू लिएर काठमाडौँको सडकमा आन्दोलनरत रहेका छन्। सरकारले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी उनीहरूका न्यायोचित माँगहरूलाई सम्बोधन गर्नु पर्दछ।’

सरकारले शिक्षा नीति, योजना, ऐन कानुन र कार्यक्रमहरूको समीक्षा गरी यसमा व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसंगति, अराजकता र अन्यौलताको स्थितिलाई अन्त्य गरी समान गुणस्तरीय शिक्षा सबैलाई प्रत्याभूत गराउने व्यवस्था गर्न जसपाले आग्रह गरेको छ।

देशभरका शिक्षक कर्मचारीहरू शिक्षा ऐन माग गर्दै काठमाडौँमा आन्दोलित छन्।

प्रकाशित: २५ चैत २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast