कांग्रेसले सरकारलाई भन्यो- शिक्षकहरूसँग तत्काल वार्ता गर

हिमाल प्रेस २५ चैत २०८१ १४:१०
578
SHARES
कांग्रेसले सरकारलाई भन्यो- शिक्षकहरूसँग तत्काल वार्ता गर

काठमाडौँ- सत्ताररुढ नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन र त्यसबाट प्रभावित बनेको विद्यालयको पठनपाठनप्रति चिन्ता व्यक्त गर्दै सरकारले संवाद सुरु गर्नुपर्ने बताएका छन्।

उनले नेपाल शिक्षक महासंघसँग सरकारले विगतमा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग पनि गरेका छन्।

‘शिक्षकहरूका जायज मागबारे सरकार गम्भीर हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शिक्षा ऐन ल्याउन आवश्यक वातावरण तयार पारेर प्रधानमन्त्री आफैँ वार्तामा बस्नुपर्छ।’

हाल जारी शिक्षक आन्दोलनका कारण देशभरका विद्यालयहरूको शैक्षिक गतिविधि प्रभावित भएको भन्दै कांग्रेसले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको हो।

प्रकाशित: २५ चैत २०८१ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast