रवि लामिछाने कारागार चलान

हिमाल प्रेस २५ चैत २०८१ ११:४९
96
SHARES
रवि लामिछाने कारागार चलान फाइल तस्बिर

लुम्बिनी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार  उनलाई रूपन्देही कारागार चलान गरिएको हो। यसअघि लामिछानेलाई रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई कारागार चलानको आदेश दिएको थियो। अदालतको आदेशलगत्तै प्रहरीले लामिछानेलाई शुक्रबार राति काठमाडौँबाट पक्राउ गरी भैरहवा लगेको थियो। लामिछानेलाई साढे ११ बजे अदालत पेस गरिएकाे जिल्ला प्रहरी प्रमुख रन्जितसिंह राठाैरले बताए।

जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

समान प्रकृतिको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो।

राजनीतिमा आउनुअघि टेलिभिजनकर्मी रहेका लामिछाने गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका प्रबन्धनिर्देशक थिए।

विभिन्न सहकारीबाट ‘अवैधानिक’ रूपमा गोर्खा मिडियामा पुगेको बचत रकम खर्च गर्ने क्रममा प्रबन्ध निर्देशकका हैसियतमा लामिछानेको पनि संलग्नता देखिएको आरोप थियो। उनीमाथि बुटवलको बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्ण लक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी, वीरगन्जको सानो पाइला सहकारी र चितवनको सहारा सहकारीको रकम हिनामिना गरेको आरोप लागेको हो।

कहिले के भयो?

कात्तिक २ : काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ, पोखरा चलान

कात्तिक ४ : कास्की जिल्ला अदालतद्वारा पक्राउ परेको दिनदेखि लागू हुने गरी छ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति

कात्तिक ८ : कास्कीमै दोस्रो पटक सात दिन म्याद थप

कात्तिक २० : कास्कीमै तेस्रो पटक १० दिन म्याद थप

कात्तिक २५ : कास्कीमै चौथो पटक १३ दिन म्याद थप

कात्तिक २५: अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान

मंसिर ९ : कास्कीमै पाँचौँ पटक १५ दिन म्याद थप

मंसिर १३ : अनुसन्धानका लागि पोखराबाट काठमाडौँ लगेर बयान

मंसिर १८ : अनुसन्धानका लागि काठमाडौँबाट चितवन लगेर बयान

मंसिर २३ : कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप

मंसिर २४ : अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो

मंसिर २५ : पर्सामा बयान

मंसिर २६ : पर्साबाट काठमाडौँ हुँदै पोखरा लगियो

मंसिर २७ : पाँच दिनका लागि कास्कीमा सातौँ पटक म्याद थप

पुस १ : प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस

पुस २ : जिल्ला अदालत कास्कीद्वारा चार दिनका लागि आठौँ पटक म्याद थप

पुस ७ : कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

पुस ८ : सांसद पद निलम्बन

पुस २१ : स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता

पुस २४ : जिल्ला अदालत कास्कीले थुनामुक्त गर्न आदेश। ६५ लाख धरौटी बुझाएर मुक्त

चैत १८ : पार्टी सभापतिमा फिर्ता

चैत २२ : थुनामा पठाउन आदेश र घरबाटै प्रहरी नियन्त्रणमा

चैत २५ :  कारागार चलान

प्रकाशित: २५ चैत २०८१ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast