
काठमाडौँ- राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।
आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। मुलुकमा विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाको बारेमा अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ‘ब्रिफिङ’ हुने बताइएको छ।
तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरुको रिहाइको बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ। राप्रपा नेपालले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरुलाई रिहाइ गर्नुपर्ने धारणा यस अघि नै सार्वजनिक गरिसकेको छ।
प्रकाशित: २५ चैत २०८१ १०:३६
प्रतिक्रिया