फास्ट ट्रयाकमा शिक्षा विधेयक पारित गरौँ : कांग्रेस

हिमाल प्रेस २५ चैत २०८१ ७:३८
804
SHARES
फास्ट ट्रयाकमा शिक्षा विधेयक पारित गरौँ : कांग्रेस नैनसिंह महर

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका सम्झौताहरू पूरा गर्न सरकारलाई आग्रह गरेको छ।

शिक्षकहरूको काठमाडौँमा जारी आन्दोलनसँगै कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले शिक्षक महासंघसँग गरेको सम्झौता कार्यान्वयनको ग्यारेन्टी लिनुपर्ने र विधेयकलाई यथाशीघ्र संसदबाट पारित गर्नुपर्ने बताएका छन्।

महरले संसद्को हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित गर्न सकिएन भन्दै संसद्ले कानूनी निर्माणमा अकर्मण्यता देखाएको आरोप पनि लगाए।

उनले संविधानका मापदण्ड अनुरूप विधेयक ल्याउने प्रक्रिया छिटो अघि बढाउनुपर्ने र सबै दल र सांसदहरुले शिक्षासम्बन्धी सुधारका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

साथै, महरले शिक्षा प्रणालीको सुधार, शिक्षकहरूको वृत्ति विकास र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विगतमा भएको सम्झौतामा आधारित विधेयक पारित गर्न प्रमुख कदम चाल्नुपर्ने बताएका छन्।

उनले फास्ट ट्रयाकमा शिक्षा विधेयक पारित गरेर शिक्षकका माग सम्बोधन गर्न आग्रह गर्दै संसद्को बजेट अधिवेशनको एक हप्ताभित्र विधेयक पारित गर्नको लागि पहल गर्नुपर्ने कुरामा जोड दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast