
काठमाडौँ- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा फुलह्यासँग हारेको छ। फुलह्याले लिभरपुललाई ३-२ को हार बेहोरेको छ। पराजित लिभरपुलको ३१ खेलबाट ७३ अंक छ। जित निकालेको फुलह्याम समान खेलबाट ४८ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ।
कार्भेन कटेजमा घरेलु टोली फुलहमलाई जित दिलाउन रायन सेसेग्नन, एलेक्स इवोबी, रोड्रिगो मुनिजले गोल गरे। लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र लुइस डियाजले गोल गरे।
खेलको १४औँ मिनेटमा एलिस्टरको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो। ९ मिनेटपछि नै सेसेग्ननले फुलह्यामलाई बराबरीमा ल्याए।
इवोबीले ३२औं मिनेटमा गोल गर्दा फुलह्याम २–१ ले अगाडि बढ्यो। चार मिनेटपछि नै मुनिजले टोलीको अग्रतालाई ३–१ मा पुर्याए। डियाजले ७२औं मिनेटमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन।
आइतबारै सम्पन्न अर्को खेलमा टोटनहमले साउथह्याम्पटनविरुद्ध ३–१ को जित दर्ता गर्यो। यो हारसँगै साउथह्याम्पटन रेलिगेसनमा परेको छ।