आईपीएल : गुजरातको तेस्रो जित, हैदराबादको चौथो हार

हिमाल प्रेस २५ चैत २०८१ ६:५६
8
SHARES
आईपीएल : गुजरातको तेस्रो जित, हैदराबादको चौथो हार

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ। आइतबारको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरातले जितको लयलाई निरन्तरता दिएको हो ।

हैदराबादलाई लगातार चौथो हार हो। हैदराबादले गुजरातलाई दिएको १५३ रनको लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान शुभमन गिलले अविजित ६१ रनको पारी खेले भने वासिङटन सुन्दरले ४९ तथा शेरफन रदरफोर्डले अविजित ३५ रन बनाए।

हैदराबादका लागि मोहम्मद शामीले २ तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो। नितिश रेड्डीले सर्वाधिक ३१ तथा हेनरिच क्लासेनले २७ रन बनाए। कप्तान कमिन्स २२ रनमा अविजित रहे।

गुजरातका मोहम्मद सिराजले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए । प्रसिद्ध कृष्णा र साइ किशोरले २-२ विकेट लिए ।

प्रकाशित: २५ चैत २०८१ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast