नन्दबहादुर पुन : एउटै बैठकबाट माओवादीको केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्ष पदमा मनोनीत

हिमाल प्रेस २५ चैत २०८१ ६:४७
104
SHARES
नन्दबहादुर पुन : एउटै बैठकबाट माओवादीको केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्ष पदमा मनोनीत

काठमाडौँ- दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन अन्ततः पद सहित नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका छन्।

गत चैत १८ र १९ को पदाधिकारी बैठकले पुनलाई एकै पटक केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा मनोनीत गरेको हो। उनी उपाध्यक्ष बन्न केन्द्रीय सदस्य र स्थायी समिति बन्नुपर्ने भएकाले एकै बैठकबाट दुई पद दिइएको हो।

गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । जसअनुसार पार्टीले पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो।

उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए। अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन्।

माओवादी स्रोतका अनुसार उनले वरिष्ठ उपाध्यक्ष मागेका कारण लामो समय पद हस्तान्तरण भएको थिएन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग समानान्तरजस्तो बन्नेगरी नन्दबहादुरलाई वरिष्ठ दिन चाहेका थिए। यो निर्णयबाट नारायणकाजी असन्तुष्ट भएपछि नन्दबहादुरलाई उपाध्यक्ष मात्र दिइयो।

राष्ट्रको दोस्रो कार्यकारी पद उपराष्ट्रपति भएको व्यक्ति भन्दै उनलाई पार्टीमा पनि दोस्रो पद दिने चर्चा चलेको थियो। अन्ततः नन्दबहादुरले उपाध्यक्ष मात्र पाएका छन्। उनी कुन वरीयताको उपाध्यक्ष भन्ने खुलाइएको छैन।

माओवादीमा कृष्णबहादुर महरा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा पनि उपाध्यक्ष नै हुन्। माओवादीको उपाध्यक्ष मनोनीत पदले भरिएको छ। अग्नि सापकोटा पनि सभामुख पदबाट हटेपछि उपाध्यक्षमा मनोनीत भएका हुन्।

गत पुसको केन्द्रीय समिति बैठकमा पनि नन्दबहादुर आमन्त्रित हैसियतमा माओवादी केन्द्रीय समिति बैठकमा सहभागी थिए। उनी सक्रिय राजनीतिमा आउन नमिल्ने भन्दै पार्टीभित्रै विरोध एको थियो। भूमिगत अवस्थामा माओवादी जनयुद्धकालका डेपुटी कमान्डर नन्दबहादुर माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजनीतिमामा आएका थिए।

उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।

प्रकाशित: २५ चैत २०८१ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast