आन्दोलनबारे शिक्षक महासंघमा आबद्ध-सम्बद्ध १५ संघसंगठनको यस्तो अपिल

हिमाल प्रेस २४ चैत २०८१ २०:४९
354
SHARES
आन्दोलनबारे शिक्षक महासंघमा आबद्ध-सम्बद्ध १५ संघसंगठनको यस्तो अपिल

काठमाडौँ- गत माघ २० गतेदेखि निरन्तर आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघका १५ संघसंगठनले एसईई उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट आयोजित तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रमहरूमा संलग्न नहुन शिक्षक कर्मचारीलाई आग्रह गरेका छन्।

उनीहरूका अनुसार यो आन्दोलन शैक्षिक क्षेत्रमा सुधारका लागि, विशेषगरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा विधेयक पारितका लागि गरिएको हो।

आज संयुक्त अपिल जारी गर्दै उनीहरूले यस आन्दोलनलाई अन्तिम पटकको निर्णायक भनेका छन्। महासंघले पनि सबै शिक्षक कर्मचारीलाई काठमाडौँमा एकत्रित भएर विद्यालय शिक्षा ऐनको पारितका लागि सशक्त संघर्षमा सहभागी हुन आग्रह गरेको छ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर जारी रहने महासंघले स्पष्ट पारेको छ।

आबद्ध-सम्बद्ध संघसंगठनका अध्यक्षहरू 

सोमनाथ गिरी- अध्यक्ष, नेपाल शिक्षक संघ

विष्णुप्रसाद भण्डारी- अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन

शंकर अधिकारी- अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन

लछिराम शर्मा ढकाल- अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन

सानोभाइ कार्की-अध्यक्ष, अखिल नेपाल शिक्षक संघ

कुमोद कुमार सिंह- अध्यक्ष, राष्ट्रिय शिक्षक मञ्च

रवीन्द्र गिरी-अध्यक्ष, संघीय शिक्षक फोरम

हिक्मत बस्नेत- अध्यक्ष, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन

विष्णु चौधरी- अध्यक्ष, मधेशी शिक्षक फोरम (लोकतान्त्रिक)

अतुलकुमार लाल- अध्यक्ष, लोकतान्त्रिक शिक्षक युनियन

यादवराज पाण्डेय- अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक परिषद्

विजयरत्न बज्रचार्य- अध्यक्ष, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन

रमाकान्त चौधरी-अध्यक्ष, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च

गंगाराम तिवारी- अध्यक्ष, नेपाल विद्यालय कर्मचारी परिषद्

होम कुमार थापा- अध्यक्ष, संस्थागत विद्यालय शिक्षक युनियन

प्रकाशित: २४ चैत २०८१ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast