पत्रकार रजकका परिवारलाई भेटेर देउवाले भने– दोषीलाई सरकारले छाड्दैन

हिमाल प्रेस २४ चैत २०८१ १७:५२
28
SHARES
पत्रकार रजकका परिवारलाई भेटेर देउवाले भने– दोषीलाई सरकारले छाड्दैन

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छोड्न नहुने बताएका छन्।

आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गर्दै सभापति देउवाले घटनाका दोषीलाई कारवाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका हुन्।

सो क्रममा रजकका परिवारले उक्त घटनाको छानविन नै नभएकोले दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए। सभापति देउवाले तीनकुने घटनाको छानविन गर्नुपर्ने पार्टीको निर्णय रहेको सुनाए।

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजि संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारवाही गर्ने उल्लेख गरे। सुरेश रजकका परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए।

प्रकाशित: २४ चैत २०८१ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast