यू–१९ एकदिवसीय क्रिकेट : अफगानिस्तानसँग नेपाल एक रनले पराजित

हिमाल प्रेस २४ चैत २०८१ १७:४३
10
SHARES
यू–१९ एकदिवसीय क्रिकेट : अफगानिस्तानसँग नेपाल एक रनले पराजित तस्बिर : क्यान

काठमाडौँ- यू–१९ एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा पनि नेपाली टोली अफगानिस्तानसँग पराजित भएको छ। शृंखलाको दोस्रो खेलमा नेपाल एक रनले पराजित भएको हो।

जितसँगै अफगानिस्तानले तीन खेलको शृंखला एक खेलअगावै आफ्नो पक्षमा पारेको छ। अफगानिस्तानले शृंखलामा २–० ले अग्रता बनाएको छ।

अफगानिस्तानले पहिलो खेल १३० रनको अन्तरले जितेको थियो। तेस्रो खेल बुधबार हुनेछ।

मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमात्रै बनाउन सक्यो।

नेपालका लागि साहिल पटेलले सर्वाधिक ६४ रनको योगदान दिए। ११९ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे। यसैगरी अभिषेक तिवारीले २०, निरजकुमार यादवले १५ र कप्तान नरेन भट्टले १३ रन बनाए।

अफगानिस्तानका लागि वाहिदुल्लालह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले २–२ तथा रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाईले १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएरु १६८ रन बनाएको थियो।

अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रनको योगदान गरे। ११४ बलको सामना गरेका उनले एक चौका प्रहार गरे। त्यस्तै रोहुल्लाह अबरले २७, उजाइरुल्लाह नियाजाईले १९, निजफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाए।

नेपालका लागि सन्तोष यादवले ३, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले २–३ र अभिषेक तिवारीले १ विकेट लिए।

प्रकाशित: २४ चैत २०८१ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast