प्रचण्डले भने- शिक्षकलाई नथिच, विशेष अधिवेशन बोलाएर ऐन ल्याऊ

हिमाल प्रेस २४ चैत २०८१ १७:२८
2.2k
SHARES
प्रचण्डले भने- शिक्षकलाई नथिच, विशेष अधिवेशन बोलाएर ऐन ल्याऊ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न आवश्यक परे संसद्को विशेष अधिवेशन बोलाउन सकिने बताएका छन्। उनले शिक्षकहरूलाई आन्दोलन जारी राख्न आग्रह गर्दै उनीहरूलाई नथिच्न सरकारलाई चेतावनी पनि दिए।

राजधानीमा शुक्रबार आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरूको आन्दोलन न्यायसंगत भएको बताउँदै माग पूरा नभएसम्म आन्दोलन जारी राख्न आग्रह गरे। ‘शिक्षकहरूलाई बधाई दिन चाहन्छु, ‘प्रचण्डले भने, ‘तपाईंहरूले माग पूरा नभएसम्म आन्दोलन छोड्दिनँ भन्नुभएको छ। हामी तपाईंहरूको साथमा छौँ।’

उनले सरकारलाई चेतावनी दिँदै भने,’सरकारले शिक्षकहरूलाई सताउने काम बन्द गर्नुपर्छ।’ प्रचण्डले संसद्को विशेष अधिवेशनको सम्भावनाबारे स्पष्ट पार्दै भने, ‘मैले प्रतिपक्षी सबै दलसँग कुरा गर्न त भ्याएको छैन। तर प्रतिपक्षी दलहरूको बैठक बसेर आवश्यक परे संसद्को विशेष अधिवेशन बोलाउन सकिन्छ।’

उनले आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल सुरु गर्ने बताए। शिक्षकहरूले पुरानो शिक्षा ऐन खारेज गरेर नयाँ र समावेशी शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै देशभर आन्दोलन चर्काइरहेका छन्।

सरकारले वार्ताको तयारी गरेको भए पनि आन्दोलनरत पक्षहरू अझै सडकबाट पछि हटेका छैनन्।

प्रकाशित: २४ चैत २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast