बार निर्वाचन : सोमबारदेखि मतगणना

हिमाल प्रेस २४ चैत २०८१ १७:१५
8
SHARES
बार निर्वाचन : सोमबारदेखि मतगणना

काठमाडौँ- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न शनिबार भएको निर्वाचनको मतगणना सोमबारदेखि सुरू हुने भएको छ। देशभरका बारबाट मतपेटिका काठमाडौँ आइसकेपछि मतगणना हुने भएको हो।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बारको मतपेटिका आइतबार बेलुकासम्म काठमाडौँ आइपुग्ने र सोमबारदेखि मतगणना हुनेछ।

एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको शनिबार भएको निर्वाचनमा ८० प्रतिशत मतदान भएको छ। देशभर गरी कूल ९ हजार ९९७ मतदाता रहेकोमा ७ हजार ९९५ जनाले मतदान गरेका हुन्।

उपत्यकामा ४ हजार ६४३ र उपत्यकाबाहिर ३ हजार ३५२ मत खसेको छ। उपत्यकाभित्र काठमाडौँ बारमा एक हजार ३८१, उच्च बार पाटनमा एक हजार ५५८, ललितपुर बारमा ५६०, सर्वोच्च बारमा ५५० र भक्तपुर बारमा ३८८ मत खसेको छ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा.विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्त रमनकुमार श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन्।

त्यस्तै महासचिवमा मिश्र समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र श्रेष्ठ समूहबाट अधिवक्ता यज्ञमणि न्यौपाने उम्मेदवार छन्। बारको २५ पदका लागि ५७ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित: २४ चैत २०८१ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast