
काठमाडौँ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध अमेरिकामा प्रदर्शन भएको छ। ट्रम्पले लागू गरेका नीतिको विरोध गर्दै अमेरिकी नागरिकहरूले प्रदर्शन गरेका हुन्।
राष्ट्रपति ट्रम्पका विरूद्ध अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भएको बताइएको छ।
प्रदर्शनकारीहरूले ट्रम्पले लागू गरेका एजेण्डामाथि चिन्ता व्यक्त गरेका छन्। प्रदर्शनमा सहभागी कैयौँ प्रदर्शनकारीले कर अन्त्य गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका थिए।
ट्रम्पले लागू गरेका कतिपय नीतिको विरोध गर्दै जौर्जियाको अटलान्टा, न्युयोर्क, वाशिंगटनलगायतका सहररूमा प्रदर्शन भएको प्रदर्शनबीबीसीले जनाएको छ।
प्रकाशित: २४ चैत २०८१ १५:४०
प्रतिक्रिया