
काठमाडौँ- अफगानिस्तान यू १९ टोलीले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाली युवा टोलीसामू १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुलपानी किकेट मैदान (माथिल्लो)मा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पार्यो।
अफगानिस्तानका लागि कप्तान मोहबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए।
यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाए।
नेपालका लागि सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले समान दुई तथा अभिषेक तिवारीले एक विकेट लिए।
अफगानिस्तान लगातार दोस्रो जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ। नेपाल शृंखला बराबरी गर्ने सोचमा छ।
पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो।