रवि दाइ प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव मान्दैथिए, मैले संविधान बुझाएपछि व्याक भए’

हिमाल प्रेस २४ चैत २०८१ ११:५२
182
SHARES
रवि दाइ प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव मान्दैथिए, मैले संविधान बुझाएपछि व्याक भए’ मुकुल ढकाल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति मुकुल ढकालले विगतमा नेकपा एमाले र नेकपा मा‌ओवादी केन्द्रबीच सरकारमा तालमेल भएपछि रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन्।

उनले सामाजिक सन्जालमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्ति एक हुनुपर्ने भन्दै रविलाई प्रधानमन्त्री प्रस्ताव गरेको खुलाएका छन्। ढकालले रविले प्रधानमन्त्रीमा प्रस्ताव आएपछि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिन बाहना खोजेको बताएका छन्।

त्यो समयमा आफूले संविधान बुझाएको र रवि पछि हटेको बताएका छन्। ‘रवि दाइ प्रधानमन्त्री बन्न बाहना खोज्दै मलाई प्रस्ताव लिएर आउनुभयो। मैले सरकार ढल्न ३० दिन लाग्ने र त्यससमयसम्ममा राजनीतिक समीकरण फेरिने भएकाले पार्टीमा आघात पुग्छ भन्दिए,’ ढकालले भनेका छन्,’मैले त्यसो भनेपछि रवि आक्रामक बने।’

रवि दाइ प्रधानमन्त्री बन्ने कुरा, खासमा के भएको थियो ?
त्यतिबेला प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँग गठबन्धन परिवर्तन गरि एमाले-रास्वपा गठबन्धन बनाए र रवि दाइ गृहमन्त्री बने, काङ्ग्रेस प्रतिपक्षमा बस्यो । काङ्ग्रेस प्रतिपक्षमा बसेपछी, विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आए । नेपाली काङ्ग्रेसले त्यतिबेला रवि लामिछानेलाई १ वर्षका लागी प्रधानमन्त्री बनाउने र त्यसपछी शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने गरी प्रस्ताव गरेको थियो ।
काङ्ग्रेसबाट त्यसरी प्रस्ताव आएपछी, रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए । सरकार कसरी छोड्ने र काङ्ग्रेससँगको सहकार्यलाई कसरी प्राकृतिक देखाउने, त्यसका लागी रणनीति बनाउन मलाई सभापतिले निर्देशन दिनु भएको थियो । तर मकहाँ त्यो प्रस्ताव र निर्देशन आइसकेपछी, मैले रवि दाइलाई संविधानका “धारा १००(२) – प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।” अनुसार जान पर्ने हुन्छ र तत्कालिन प्रधानमन्त्री प्रचण्डले ३० दिन समय पाउने कुरा बताए । त्यसरी प्रचण्डले ३० दिनमा आफैँ प्रधानमन्त्री बन्न ३० दिनभित्र अनेक तिकडम गर्न सक्ने, त्यो नि गर्न नसके शेर बहादुर देउवालाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउन सक्छन् भनेर निचोड निकालियो । रास्वपाले तत्काल सरकार छाडे, काङ्ग्रेस-माओवादी गठबन्धन बन्न सक्ने र ७६(२) अनुसार देउवा प्रधानमन्त्री बन्ने, वा त्यो पनि हुन नसके ७६(३) अन्तर्गत पनि ठूलो दलको नाताले देउवा नै प्रधानमन्त्री बन्ने देखियो ।
नेपाली राजनीतिमा धोकाधडि अनेक हुने गरेको, काङ्ग्रेसबाट आएको उक्त प्रस्ताव १-२ दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा काङ्ग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरियो । काङ्ग्रेसलाई पत्याउन सक्ने दरिलो आधार थिएन । यसरी, रास्वपालाई झुक्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्ने छन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछी बल्ल रवि दाइ प्रधानमन्त्री नबनिने रहेछ , यो त झुक्याइएको रहेछ भन्नेमा पुगे र त्यसपछी काङ्ग्रेसप्रति नै आक्रमक भएर प्रस्तुत भए ।
यसर्थ, इतिहाँसको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन । प्रधानमन्त्री पद छोडेको भन्ने दावि निराधार छ ।
माथि उल्लेख गरिएका तथ्यको प्रमाणका लागी नेपालको संविधान पल्टाउन सक्नुहुन्छ । काङ्ग्रेसबाट आएको प्रस्तावका बारेमा त्यतिबेलाको आर्काइभ हेर्नसक्नु हुन्छ । डेमोक्रेटिक एलायन्समा पुग्ने संसदको अंकगणित नाप्न सक्नु हुन्छ र रास्वपा नेतृत्वमा त्यो कति असम्भव थियो, त्यो पनि जोडजाड गर्न सक्नुहुन्छ । यसर्थ जनतालाई भ्रममा पार्ने गरि हौवा नपिटौँ ।
प्रकाशित: २४ चैत २०८१ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast