सुनको मूल्यमा भारी गिरावट

हिमाल प्रेस २४ चैत २०८१ ११:४२
80
SHARES
सुनको मूल्यमा भारी गिरावट

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य लगातार घट्ने क्रममा आइतबार पनि उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १,७४,५०० रुपैयाँ तोकिएको छ। याे मूल्य शुक्रबारको मूल्यभन्दा १,९०० रुपैयाँले कम हो।

शुक्रबार मात्रै प्रतितोला ३,९०० रुपैयाँले घटेको सुनको मूल्य दुई दिनमा कुल ५,८०० रुपैयाँले घटेको हो।

यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १,८०० रुपैयाँ कायम गरिएको छ। शुक्रबार चाँदीको मूल्य १,८७० रुपैयाँ थियो। आज ७० रुपैयाँको गिरावट आएको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औंस ३,०३७ अमेरिकी डलर रहेको छ।

प्रकाशित: २४ चैत २०८१ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast