राजावादीले शालिक तोडफोड गरेपछि शंकर पोखरेलले भने : राजावादी के चाहन्छन् अब बुझ्नुहोस्

हिमाल प्रेस २४ चैत २०८१ ९:०५
28
SHARES
राजावादीले शालिक तोडफोड गरेपछि शंकर पोखरेलले भने : राजावादी के चाहन्छन् अब बुझ्नुहोस्

काठमाडौँ- राप्रपासहितका दलहरूले नेपालगन्जमा बीपी कोइरालाको शालिकमा कालो दल्ने काम गरेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेल आक्रोशित भएका छन्।

उनले शालिकमा तोडफोड र कालोमोसो दल्ने काम गरेको भन्दै यसैबाट राजतन्त्र कस्तो हुन्छ भनेर बुझ्न अनुरोध गरेका छन्। सामाजिक सन्जालमार्फत पोखरेलले धवल शमशेरको
गृहनगरी नेपालगन्जबाट कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई पनि राजावादीहरूले सन्देश दिएको बताएका छन्।

उनले भनेका छन्,’नेपालमा लोकतन्त्र र राजसंस्थासँगै जान सक्दछ भन्नेहरूले बुझ्नु पर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन ब्यहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो।’

उनले भनेका छन्,’बीपीको समयमा बीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला।’ गत चैत १५ को तीनकुने हिंस्रक प्रदर्शनपछि राप्रपा नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर पक्राउ परेका छन्।

उनीहरूको रिहाइको माग गर्दै राजावादी दलले प्रदर्शन गरिरहेका छन्। यही सन्दर्भामा नेपालगन्जमा बीपीको शालिकमा कालोमोसो दलेको बताइएको छ।

प्रकाशित: २४ चैत २०८१ ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast