राप्रपा नेताको रिहाइ माग गर्दा बीपीको शालिकमाथि ‘अन्याय’, राजावादीले दले कालोमोसो

हिमाल प्रेस २४ चैत २०८१ ८:५२
24
SHARES
राप्रपा नेताको रिहाइ माग गर्दा बीपीको शालिकमाथि ‘अन्याय’, राजावादीले दले कालोमोसो

काठमाडौँ- गत चैत १५ को हिंस्रक घटनामा पक्राउ परेकालाई रिहाइको माग गर्दै राप्रपासहित राजावादी दल आन्दोलनमा छन्।

उनीहरूले विनाशर्त रिहा हुनुपर्ने माग राखेका छन्। दुर्गा प्रसाई नेतृत्वमा भएको सोही प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए। उनीहरूले रिहाइका नाममा विभिन्न वितण्डा गर्दै आएका छन्।

शनिबार राति नेपालगञ्जको बीपी चोकमा रहेको बीपी (विश्वेश्वर प्रसाद कोइराला)को शालिकमा उक्त समूहले कालोमोसो दल्नुको साथै कालो कपडाले छोपेका छन्।

शालिक तोडफोडको समेत प्रयास भएको प्रत्यक्षदर्शीले जनाएका छन्। बीपी नेपाली कांग्रेस मार्गदर्शक रहेको र कांग्रेसकै गृहमन्त्री रमेश लेखकले पक्राउ गरेको भन्दै उनीहरू आक्रोशित भएका हुन्।

प्रकाशित: २४ चैत २०८१ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast