
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रातको समयमा घरमै पुगेर पक्राउ गरेको विषयले अहिले सरकार आलोचना भइरहेको छ। शुक्रबार बुटवलको सुप्रिम सहकारी प्रकरणमा उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि राति नै प्रहरीले रविलाई पक्राउ गरेको थियो।
कानुनी जानकारहरूले पनि पक्राउबारे प्रश्न उठाएका छन्। संविधानविद् भीमार्जुन आचार्यले नागरिक पक्राउ गर्न किन रातकै समय रोजिएको भनेका छन्। उनले सामाजिक सन्जालमार्फत राज्यको कानुनी विषय र गराइमा तालमेल नमिलेको भनेका छन्।
उनले उच्चको आदेश जिल्ला अदालतमा जाने, त्यहाँबाट लेखेर पठाउने प्रक्रिया हुने बताएका छन्। उनले आदेश लिएर प्रहरीले दिउॅंसको समयमा व्यक्तिलाई कानूनको नियन्त्रणमा लिन्छ वा व्यक्ति आफैले सरेण्डर गर्ने बताएका छन्। रविको हकमा भने फैसला आएको २ घण्टामै प्रहरी पक्राउ गर्न निवास पुगेका थिए।