
काठमाडौँ- रिडडारा आरडी ६ फोर व्हील ड्राइभ हिमाली जिल्ला मनाङ पुग्ने पहिलो ईभी पिकअप भएको छ। ‘एनवाईईएफ’ मोटर र्याली अन्तर्गत रिडारा आरडी ६ मनाङ पुगेको हो।
र्यालीको आधिकारिक सवारी साझेदारका रूपमा सीजी मोटर्सले देशभर फैलिएको २४० भन्दा बढी चार्जिङ स्टेसन नेटवर्कको संयुक्त पहलमा यो सफलता प्राप्त भएको हो।
काठमाडौँबाट मनाङ जाँदा बेसिसहरमा एकपटकमात्र चार्ज गरेर मनाङसम्मको कठिन यात्रा पूरा गर्नु रिडडाराको उत्कृष्ट प्रविधि र क्षमताको प्रमाण रहेको सीजी मोटर्सले जनाएको छ।
रिडडारा आरडी ६ ले तीन हजार ५१९ मिटरको उचाई, साँघुरा घुम्ती, उकालो र चिसो हावापानीले चुनौतीपूर्ण बनेको मनाङ मार्गमा आफ्नो क्षमताको उत्कृष्ट प्रमाण दिएको आधिकारिक वितरक सीजी मोटर्सको भनाइ छ। सीजी मोटर्सका अनुसार यस्तो उचाइमा इन्जिनको कार्यकक्षमतामा असर पर्ने सक्ने भए पनि आरडी ६ पावर र सन्तुलन कायम राख्न सफल भएको छ।
४२४ किलोमिटरको रेन्ज र ५९५ एनएम टर्कले र्यालीको उकालो, अप्ठ्यारो र अफरोड बाटोहरूमा रिडडारा आरडी ६ ले उत्कृष्ट प्रदर्शन गरेको सीजी मोटर्सले जनाएको छ।
विशेषगरी ९५ प्रतिशत ‘ग्रेडेबिलिटी’ र २२५ मिमी ‘ग्राउण्ड क्लियरेन्स’ का कारण उकाला र ढुंगाले भरिएका बाटो सहजताका साथ पार गरिएको थियो। यो यात्रापछि आरडी ६ सहरी प्रयोगका लागि मात्र नभइ चुनौतीपूर्ण यात्राका लागि पनि भरपर्दो सवारीसाधन रहेको पुष्टि भएको सीजी मोटर्सको भनाइ छ।