प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

हिमाल प्रेस २२ चैत २०८१ १५:२६
20
SHARES
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि मोदी र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेताहरूबीच भेटका क्रममा के विषयमा कुरा भयो भनेर विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन बैंकक सोचपत्रपत्र २०३० जारी गर्दै सम्पन्न भएको छ।

यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिमस्टेक बैंकक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो।

प्रकाशित: २२ चैत २०८१ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast