फाइल तस्बिर
महेन्द्रनगर- मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ।
चार दिनसम्म विभिन्न विधिहरूसँग मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ। विशेषतः सूर्यको पूजा पोखरी र नदीमा गर्नुपर्ने परम्परा पालना गरिँदै जनकपुरधामका प्रमुख पोखरीहरूमा धार्मिक विधिपूर्वक पूजा गरिएको थियो।
ब्रतालुहरूले छठ पर्वको अवसरमा विभिन्न परम्परागत फलफूल र पकवानहरू अर्पण गर्दै सूर्यको पूजा गरेका थिए। यस पर्वको मुख्य उद्देश्य पारिवारिक सुख, समृद्धि, शारीरिक कल्याण र मनोकाङ्क्षा पूरा गर्नु हो।ङ्गी
प्रकाशित: २२ चैत २०८१ ८:५०
प्रतिक्रिया



