कार्यकक्षमा एकैछिन बसेर निस्किए काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं

हिमाल प्रेस २१ चैत २०८१ १२:५८
240
SHARES
कार्यकक्षमा एकैछिन बसेर निस्किए काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार आफ्नो कार्यकक्षमा प्रवेश गरी एकैछिन सोफामा बसेर निस्किएका छन्।

उनलाई नेकपा एमाले र नेपाली कांग्रेस निकट कर्मचारी संगठनले महानगर प्रहरीको सुरक्षा घेरा तोडेर कार्यकक्षको ताला फोडेर प्रवेश गराएका हुन्।

महानगर प्रहरी, कर्मचारी र सञ्चारकर्मीले घेरिएका गुरागाईं आफ्नो कार्यकक्षमा प्रवेश गरे, फनक्क घुमे, सोफामा गएर बसे अनि घडी हेरे।

काठमाडौँ महानगरपालिकाले गुरागाईंमाथि आर्थिक अनियमितताको आरोप लगाएको छ। मेयर बालेन शाहले केही दिनअघि फेसबुक स्टाटसमार्फत गुरागाईंमाथि भ्रष्टाचारको आरोप लगाएका थिए।

कर्मचारीले भने गुरागाईंको बचाउ गरेका छन्। मेयर बालेन शाहले गुरागाईंले भ्रष्टाचार गरेको भनेर लगाएको आरोप निराधार रहेको उनीहरूको भनाइ छ।  महानगरका कर्मचारी नरबहादुर कर्मचार्यले भने, ‘महानगरको निर्णय कानुनी प्रक्रियाबाट आउनुपर्छ, फेसबुक स्टाटसकै भरमा चल्दैन।’

प्रकाशित: २१ चैत २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast