त्रिचन्द्रको स्ववियु चुनावमा १६ वर्षपछि फेरि नेविसंघ, सभापतिमा कोइराला

हिमाल प्रेस २१ चैत २०८१ ११:१५
98
SHARES
त्रिचन्द्रको स्ववियु चुनावमा १६ वर्षपछि फेरि नेविसंघ, सभापतिमा कोइराला

काठमाडौँ- त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन्।

खसेको २६७१ मतमध्ये कोइरालाले १२१५ ल्याए भने नेविस‍ंघकै वागी सागर न्यौपानेले ६८३ मत ल्याए। मोर्चाका प्रमित बिष्टले ४३१ प्राप्त गरे।

कोइरालाको विपक्षमा अन्य ७ दल निकट विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका थिए। २०६५ सालयता त्रिचन्द्रमा स्ववियु चुनाव भएको थिएन। २०६५ सालमा पनि नेविसंघका तर्फबाट विनयराम भट्ट विजयी बनेका थिए।

प्रकाशित: २१ चैत २०८१ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast