दर्शक तान्दै ‘अञ्जिला’, चौथो सातामा प्रवेश

हिमाल प्रेस २१ चैत २०८१ १०:३८
8
SHARES
दर्शक तान्दै ‘अञ्जिला’, चौथो सातामा प्रवेश

काठमाडौँ- गत फागुन २९ देखि प्रदर्शनरत फिल्म ‘अञ्जिला’ चौथो हप्ता प्रवेश गरेको छ। फिल्मले चौथो सातामा करिब १ सय ४० सो पाएको छ, जुन प्रदर्शनको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो।

‘अञ्जिला’ ले भारतीय सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’लाई समेत नेपाल रिलिजमा धक्का दिएको छ। ‘सिकन्दर’ ले भारतमा राम्रो व्यापार गरिरहे ता पनि नेपालमा भने कमजोर देखिएको छ। नेपाली दर्शकको रोजाइमा ‘अञ्जिला’ परिरहेकोले ‘सिकन्दर’को साे खाली भएको हल सञ्चालकहरू बताउँछन्।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। फिल्ममा एञ्जिला आफैँ मुख्य भूमिकामा छिन्।

फिल्मको प्रचारलाई थप बलियो बनाउन सुब्बा विभिन्न सहरमा दर्शकमाझ प्रत्यक्ष संवाद गरिरहेकी छन्। उनले काठमाडौँ, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगञ्ज लगायतका स्थानमा पुगेर फिल्म हेर्न आमन्त्रण गरिरहेकी छिन्।

एञ्जिला गत शुक्रवार ग्रिसबाट नेपाल आएकी थिइन्। उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन्। यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन्। उनको यो भ्रमण विशुद्ध फिल्मको लागि हो। प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन्।

फिल्ममा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संभर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। एञ्जिलासँगै फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ।

प्रकाशित: २१ चैत २०८१ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast