जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु

हिमाल प्रेस २० चैत २०८१ २१:११
28
SHARES
जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु

काठमाडौँ– काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका–२ स्थायी घर भई काठमाडौँ महानगरपालिका–६ को राजेशचन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङ रहेकी प्रहरीले जनाएको छ।

बुधबार साँझ ५ः२७ बजेको समयमा उनको कोठामा आगलागी भइरहेको अवस्थामा तामाङलाई जलिरहेको देखेपछि तत्काल उद्धार गरिएकोमा साँझ ६ः२० बजेको समयमा ओम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

आगलागीको कारण नखुलेको उनले बताए। आगलागी साँझ १७ः३५ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमाण्डमा खटी गएको प्रहरी टोली, स्थानीयवासी र घाइतेको बुबा दधीराम तामाङसमेतको प्रयासबाट आगो नियन्त्रणमा आएको थियो।

प्रकाशित: २० चैत २०८१ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast