
काठमाडौँ- काठमाडौँको तीनकुनेमा चैत्र १५ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको अन्त्येष्टि गरिएको छ।
कीर्तिपुर ४ निवासी महर्जनको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको थियो। त्रिवि शिक्षण अस्पतालमा आजै उनको शवको पोस्टमार्टम गरेपछि परिवारले पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरेको हो।
अन्तिम संस्कारका क्रममा उनका पिता श्रीकृष्ण महर्जनले दागबत्ती दिए।
पोस्टमार्टमका क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको छ। गोली उनको दायाँ हातको कुहिनो नजिक प्रहार भई कोख हुँदै ढाडबाट निस्किएको पाइएको छ। १५ चैतमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा गोली लाग्दा महर्जनको ज्यान गएको थियो।
प्रकाशित: १९ चैत २०८१ २१:०८
प्रतिक्रिया