भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सात पक्राउ

हिमाल प्रेस १९ चैत २०८१ २०:३३
10
SHARES
भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सात पक्राउ

काठमाडौँ- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छली गरी ल्याएका ल्यापटप र मोबाइलसहित विभिन्न मानिसलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीका राकेश गिरी, पाल्पाका ताराबहादुर रेस्मी मगर, पाँचथरका कमला फियाक, मकवानपुरका चित्रबहादुर मल्ल ठकुरी तथा हुकुमबहादुर मल्ल, उदयपुरका सुमित केसी र मोरङका रसिद आलम छन् ।

दुबईबाट नेपाल आउने यात्रुलाई १–१ थान ल्यापटप र मोबाइल ल्याउँन भन्सार छुट हुने प्रावधान रहेकाले पक्राउ परेकाहरूले धेरै व्यक्तिलाई १–१ थान ल्याटपट र १–१ थान मोबाइल ल्याउन लगाएको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट ७२ थान ल्यापटप र पाँच थान मोबाइल बरामद गरिएको छ ।

प्रकाशित: १९ चैत २०८१ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast