
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक तथा वरिष्ठ नेता दीपक बोहोराको निधनमा पार्टीले तीन दिन शोक मनाउने भएको छ।
रुपन्देही ३ बाट निर्वाचित सांसद बोहोराको मंगलबार निधन भएको थियो। उनको निधनपछि बसेको राप्रपाको आकस्मिक पदाधिकारी बैठकले तीन दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।
यस्तै पार्थिव शव भोलि दिउँसो २ बजेदेखि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ । बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
प्रकाशित: १९ चैत २०८१ २०:१८
प्रतिक्रिया