दोहोरो अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस १९ चैत २०८१ १६:५०
6
SHARES
दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १६ दशमलव ९५ अंकले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो।

मंगलबार ३२० कम्पनीका एक करोड ५ लाख ७० हजार ६४९ कित्ता सेयर ५६ हजार ५४८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार सात सय रुपैयाँ बराबरको कारोबार भएको छ।

व्यापार समूह तीन दशमलव ८० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ समूह शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ९५, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ७४, जलविद्युत् शून्य दशमलव ९९ र लगानी शून्य दशमलव ४४ प्रतिशतले घटेको छ।

जीवन बिमा शून्य दशमलव ६३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव शून्य दशमलव दुई, निर्जीवन बिमा शून्य दशमलव ३८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको ६४ करोड २५ लाख ६६ हजार ६ सय २२ रुपैयाँ बराबरका छ लाख २७ हजार तीन सय नाै कित्ता शेयर किनबेच भएका छन्।

प्रकाशित: १९ चैत २०८१ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast