कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई

हिमाल प्रेस १९ चैत २०८१ १५:०४
88
SHARES
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई तोकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहलाई कार्यावहाक तोकेका हुन्।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सिंहले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast