पूर्वमन्त्री बोहोराको शव हेलिकप्टरमार्फत भैरहवा ल्याइँदै

हिमाल प्रेस १९ चैत २०८१ १३:२२
46
SHARES
पूर्वमन्त्री बोहोराको शव हेलिकप्टरमार्फत भैरहवा ल्याइँदै

लुम्बिनी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको पार्थिव शरीर रुपन्देहीको भैरहवा ल्याइने भएको छ।

मंगलबार (आज) बिहान काठमाडौँको ओम अस्पतालमा निधन भएका बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा ल्याउन लागिएको हो।

हेलिकप्टर दिउँसो साढे २ बजे पार्थिव शरीर गृहनगर (भैरहवा) सिद्धार्थनगर नगरपालिका–३ स्थित निवासमा ल्याइने राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए।

बोहराको ७४ वर्षको उमेरमा निधन भएको राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए । २०७९ सालको निर्वाचनमा बोहराले तत्कालिन गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

बोहोरा प्रतिनिधिसभा सदस्य निर्वाचित भएदेखि बिरामी भएका थिए।

प्रकाशित: १९ चैत २०८१ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast