
काठमाडौँ- प्रतिनिधिसभाको बैठकले सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो। बैठकले स्वर्गीय बोहराको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। बैठकमा स्वर्गीय बोहराको चिरशान्तिको कामना गर्दै मौनधारणसमेत गरिएको थियो।
बोहरा राप्रपाका तर्फबाट रुपन्देही क्षेत्र नंवर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। आठ पटक नेपालको बिभिन्न मन्त्री समेत बनिसकेका बोहराको ७४ बर्षको उमेरमा मंगलबार निधन भएको हो।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेकोबारे पनि बैठकमा जानकारी गराइयो ।